Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ओलीसँगको छलफलबारे आफ्न पक्षका नेतालाई नेपालले गरे ब्रिफिङ्

२ चैत
काठमाडौँ-नेकपा एमालेको खनाल–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि आफ्नो पक्षलाई ब्रिफिङ गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलबाट कुनै निष्कर्ष ननिस्कएपछि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गर्नुभएको हो ।

नेपाल–खनाल पक्षको भेला आधा धण्टासम्म बसेर सकिएको नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जनाकारी दिनुभयो । ‘छलफलमा ओलीसँग भएको वार्ता सुरुवाती हो । अन्य हाम्रो कार्यक्रमहरु यथावत छ । त्यसमा कुनै अन्यौलता नआओस् भनेर संक्षिप्त बैठक बोलाइएको हो’ उहाँले भन्नुभयो । खनाल–नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दै छ ।

‘प्रधानमन्त्री ओलीले छलफलको आरम्भमा मिठो शब्दमा पार्टीलाई मजबुद बनाएर लैजाने शैलीमा कुरा राखेका थिए । तर, जब फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठ्यो, त्यसपछि ओली त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएपछि सहकार्य सहज नरहेको धारणा राखेको माधव नेपालले बताउनु भयो ।’ धारणा सुन्न सहभागी अर्का एक केन्द्रीय सदस्यले भन्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE