Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कालिकोट पुगेका डा. गोविन्द केसी भन्छन्, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’

श्रावण—३, काठमाडौँ
सुदुरपश्चिमका जिल्लाहरुमा स्वास्थ्य सेवा दिदैँ हिडेका डा. गोविन्द केसी कर्णाली प्रदेशको कालिकोटमा पुग्नुभएको छ । त्रि.वि शिक्षण अस्पतालबाट अवकाश प्राप्त भएपछि हिमाली तथा सुदुरपश्चिमका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य उपचार गर्दै हिडेका डा. केस यतिबेला पहाडी जिल्ला कालिकोट पुगेका हुन । पहाडी जिल्लाका मानिसमा हाडजोर्नी समस्या हुने भन्दै हाडजोर्नीको निःशुल्क उपचार गर्दै हिडेका डा. केसी कालिकोटका नागरिकको उपचार गर्न गत बिहीबार पुगेका हुन् । कालिकोटको स्वास्थ्य सेवा कार्यालयबाट केसीले शुक्रवार हाडजोर्नी तथा नशा रोगका उपचार दिइरहेको छन् ।
जागिरबाट अवकाश भइपछि हिमाली तथा पहाडी जिल्लामा गएर सेवा दिइरहेका डा. केसी कालीकोटमा पुगेका छन् । ‘यति दिन बस्ने टुंगो छैन, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’ अछामबाट हिडेर कालीकोट आइपुगेका केसीले कालीकोटका नागरिकलाई हाडर्जोनीको निःशुल्क उपचार गर्ने बताए । ‘अछामको बयालपाटमा रहेको अस्पतालमा निःशुल्क उपचार गर्दै गर्दा कालीकोटमा पनि हाडजोर्नी रोगको समस्या भएको कुरा थाहा पाएपछि कालिकोट आएको हुँ’, उनले भने, ‘कालीकोट पहाडी क्षेत्र भएकाले यहाँ धेरै नागरिकहरु भिरबाट लड्ने भएकाले उनीहरुलाई हाडजोर्नीको समस्या हुने हुँदा आफुले कालीकोटमा आएर सेवा दिन लागेको छु ।’
उनले भने, ‘सुदुरपश्चिममा पनि एक दुई महिना बिताए । त्यहाँका हजारौ नागरिकको निशुल्क उपचार गरेको कालिकोट पुगेको हुँ । यहाँ पनि हाडजोर्निका विरामी उपचार गर्न आएमा समय लाग्न सक्छ , आएनन भने मात्र म अर्को ठाउँ जानेछु ।’ कुनै पनि स्थानमा कति दिन बस्ने भन्ने आफुलाई नै जानकारी नहुने डा। केसीले बताए । उनले भने, ‘विरामीको चाप हेरेर कालीकोट बस्ने हो । त्यसपछि कुन ठाउँ जाने भन्नेसमेत पनि थाहा छैन । अव कालीकोटमा विरामीको चाप हेरेर कालीकोटमा सेवा दिनेछु ।’ डाक्टर केसी कालिकोटमा उपचार गर्न आएको थाहा पाएपछि हाडजोर्नी तथा नशा रोगका विरामीको भीड लागेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा उपचारमा खटिएका केसीलाई भेट्न र उपचार गराउन भनी जिल्लाका विभिन्नबाट विरामी आइपुगेका छन् । डाक्टर केसीले भने, ‘यति दिन बस्ने टुंगो छैन, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE