नेपाली कांग्रेस बैठक बस्दै
१३ फागुन
काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाउनु भएको छ ।
बैठकमा प्रतिनिधिसभाको पुनस्र्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्ता समीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE