विमान दुर्घटना हुँदा ४० फिट अग्लो रुखको बीचमा फसे पाइलट, बच्यो ज्यान !
एजेन्सी – बेलायतबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यो घटना विमान दुर्घटनापछि पाइलट श्रीमान श्रीमती दुबैको ज्यान जोगिएको घटना हो छ ।
विशेष कुरा के छ भने दुवै जना ४० फिट अग्लो रुखको बीचमा फसेका थिए । यो दुर्घटनामा कसैको मृत्यु भएको छैन । तर, उद्धार कार्य लामो समयसम्म चलेको थियो ।
केन्टको रोचेस्टर एयरपोर्टबाट उडान भरेको केही समयपछि विमान जंगलमा दुर्घटनाग्रस्त भएको थियो । यो एउटा सानो विमान थियो र यसमा २ जना मात्रै सवार थिए ।
डेली स्टारको रिपोर्ट अनुसार अहिले घटनाको अनुसन्धान चलिरहेको छ । केही उडानहरू पनि अस्थायी रूपमा रोकिएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE