Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

नेपालमा पनि मंकिपक्स भाइरस फेला

असार २ काठमाडौं – अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।

चिकित्सकहरूका अनुसार मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने हुन्छ। ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिँदै जान्छ।
मंकिपक्स सामान्यतया २ देखि ४ हप्तासम्म लक्षण रहने एक सेल्फ(लिमिटेड रोग हो। गम्भीर केसहरू सामान्यतया बालबालिकाहरूमा देखा पर्छन् र भाइरसको जोखिम बिरामीको स्वास्थ्य स्थिति र जटिलताहरूको प्रकृतिसँग सम्बन्धित छन्।

मंकिपक्सले अन्तर्निहित प्रतिरोधात्मक क्षमताको कमजोरीले खराब अवस्था निम्त्याउन सक्छ। मंकिपक्सका जटिलताहरूमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोन्युमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कोर्नियाको संक्रमणले दृष्टि गुम्नेसम्म हुन सक्छ। कुन हदसम्म एसिम्प्टोमेटिक संक्रमण हुन सक्छ भने पत्ता लागेको छैन।

मंकिपक्सको मृत्युदर ऐतिहासिक रूपमा सामान्य जनसंख्यामा शून्यदेखि ११ प्रतिशतसम्म रहेको छ। साना बालबालिकाहरूमा यो उच्च रहेको छ। पछिल्लो समय मृत्युदर ३ देखि ६ प्रतिशतको हाराहारीमा रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE