घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा
२१ आश्विन,काठमाडौं –पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको बताउनुभएको छ। आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै अध्यक्ष गौतमले भन्नुभयो, “घटस्थापना भनेको लोकको रक्षा, उन्नति, प्रगति र सुस्वास्थ्यका लागि लागि हो ।
घटस्थापनामा जौ रोप्नुको कारण छ । जगत्जननी दुर्गाको अत्यन्त प्रिय पुष्प हो, जौको जमरा । नौ रात र दस दिनसम्म उपासना हुन्छ र पूजा प्रसाद ग्रहण गरिन्छ । सबैको चाहना जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने हुन्छ । शक्ति, धन सम्पत्ति र विद्याबुद्धि नचाहिने कोही पनि हुन्न । त्यसैले घटनास्थापनादेखि नै महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा हुन्छ ।”
दुर्गा भवानीको उपासनाका लागि मन्त्र जान्नु अनिवार्य नभएको उहाँले बताउनुभएको छ ।“दियो, कलश, गणेश स्थापना गरी जौ रोपेर घटस्थापना हुन्छ । मन्त्र जान्नेले मन्त्र पढ्ने हो, नत्र देवीप्रति श्रद्धा, आस्था र भावना भए पुग्छ ।”
बलिप्रथा स्वैच्छिक भए पनि देवीलाई प्रसन्न बनाउनु नै यसको उद्देश्य रहेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो “सज्जनको रक्षाका लागि देवीलाई शक्तिशाली बनाउनुपर्छ । त्यसैले गाउँ सहर जताततै बलि दिने परम्परा छ । निवृत्या मार्गमा लागेकाले बलि चढाउनु परेन । गृहस्थ गरेका मानिसले सात्विक, राजस र तामस पूजा गर्ने परम्परा छ ।
कसैले पशुपक्षीको बलि दिन्छन्, कसैले रक्सी चढाउँछन् । गृहस्थमा बस्नेले बलि दिनैपर्छ । सके प्रत्येक दिन दिनोस् । नसक्नेले सप्तमीदेखि दशमी दिनोस् । त्यो पनि नसके अष्टमीदेखि दशमीसम्म दिनोस् ।”
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE