मिलिजुली टिकटक परिवारद्वारा वृद्वाआश्रममा सहयोग
३ असोज
काठमाडौँ – सामाजिक सञ्जाल टिकटक प्रयोककर्ताको समूह मिलिजुली टिकटक परिवारले वृद्धाआश्रमलाई सहयोग गरेको छ । समूहले गंगबु – ६ जलबिनायक चोक काठमाडौँमा रहेको हिमालय बृद्वाआश्रमलाई एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको हो ।

पछिल्लो समय सामाजिक संजालले नराम्रो बिकृती मात्र फैलाउछ भन्ने भ्रम फैलिएको बेला टिकटक समुहले एक उदाहरणीय काम गरेको हो । समूहले औपचारिक कार्यक्रम नै गरेर कम्बल ३५ थान, चियापति १० केजि, बिस्कुट २० कार्टुन, लुगा धुने साबुन र नुहाउने साबुन २०र२० कार्टुन, सरफ ३५ केजी, चिउरा ५० केजी दाल ५० केजी, फिनेल २० लिटर, चिनी ५० केजी, जुस २ कार्टुन, सेनिटाइजर २५ लिटर, चाउचाउ २ कार्टुन, भुजा १० केजी र आटा ५० केजी लगायत अन्य दैनिक उपभोग्य सामाग्री समुहमा आवद्ध ब्यक्तीहरुले हस्तान्तरण गरेका हुन्।

समूहले यसअघि पनि कोरोना माहामारिको बेला रगत अभावमा कसैको पनि ज्यान नजओस भन्ने बिचारका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको मिलिजुली टिकटक परिवार समुहका संयोजक राजन कडेल र कृपा अधिकारीले बताउनु भयो ।
वि.सं.२०६१ साल देखी संचालनमा रहेको यो आश्रममा हाल १२ जना पुरुष र २२ जना महिला गरि जम्मा ३४ जना वृद्ध बुबाआमाले आश्रय लिएका छ्न । केही ब्यक्ति र संस्थाहरुको सहयोगमा डेढ दशक देखि संचालित आश्रममा स्थानीय सरकार वा अन्य कुनै सरकारी निकाएले ध्यान नदिएको आश्रमकी अध्यक्ष सरला पन्थीले गुनासो पोख्नुभयो।

यो आश्रम १०० जना भन्दा बढी दाताहरुको सहयोगमा चलेको भएतापनी हाल खानेपानी र औषधि उपचारको समस्या रहेकोले सहयोगी हातहरुको पर्खाइमा बसेको अध्यक्ष पन्थीले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE