Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

फिलिपिन्समा जहाज दुर्घटना हुँदा १७ को मृत्यु, ४० को उद्धार

फिलिपिन्समा जहाज दुर्घटना हुँदा १७ को मृत्यु, ४० को उद्धार

एजेन्सी– फिलिपिन्समा आइतबार भएको हवाइ दुर्घटनामा परेका ४० यात्रुको उद्धार गरिएको छ ।

फिलिपिन्समा आइतबार फिलिपिनी सेनाको सी–१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरणका क्रममा दुर्घटनामा भएको थियो ।

उक्त दुर्घटनामा १७ जना सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो।

उक्त जहाजमा सवार अन्य सैनिकहरुको उद्धारका लागि प्रयास भइरहेको छ ।

फिलिपिन्सका सुरक्षा मन्त्री डेल्फिन लोरेन्जानाले उक्त जहाजमा तीन पाइलट र पाँच अन्य चालक दलसहित ९२ जना सवार रहेको समाचार संस्था रोयटर्सलाई बताएका छन्। यसअघि जहाजमा ८५ जना रहेको बताइएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE