Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सत्तारुढ गठबन्धन कार्यदलले साझा कार्यक्रम टुङ्गो लगाउने

सत्तारुढ गठबन्धन कार्यदलले साझा कार्यक्रम टुङ्गो लगाउने

१९ साउन, काठमाडौं– सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ ।

कार्यदलको अर्को बैठक आजै अपराह्न ४ः३० बजे बस्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ बजे शुरु भएको बैठक झण्डै १२ः३० बजेसम्म चलेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी हुनुहुन्थ्यो ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रम तयार गर्नेछ । कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE