शारीरिक सम्पर्क गर्ने विषयमा महिलासँग विवादः बसभित्रै हत्या, किशोरीसहित ४ पक्राउ
२४ चैत्र काठमडौँ-प्रहरीले महिलाको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । काभ्रेमा बसभित्रै महिलाको हत्या गरेको आरोपमा एक किशोरी सहित चार जना पक्राउ परेका हुन् । बनेपा नगरपालिका—८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र एक ३५ वर्षीया महिलाको हत्या भएको थियो ।
गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद भई घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबैजना मिली हत्या गरेको खुल्न आएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE