गाँजा खान नदिएको झोकमा हत्या
२९ असोज
काठमाडौँ – आफैंले किनेर ल्याइदिएको गाँजा खान नदिएको झोकमा झापाको कनकाई नगरपालिका(३ एकान्त टोलका २२ वर्षीय युवक अभिषेक चौधरीको हत्या आरोपमा प्रहरीले उनकै साथीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय विर्तामोडले बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका सोही नगरपालिका ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई सार्वजनिक गरेको हो।
चौधरीको शव बुधबार बिहान ६ बजे कनकाई नगरपालिका(३ एकान्त टोल नजिकै सुरुङ्गा खोलाको बाँसघारीमा फेला परेको थियो। चौधरीलाई टल्के भनिने रविनले बन्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरिसकेपछि प्रहरीले पत्रकार सम्मेलन मार्पmत हत्यारालाई सार्वजनिक गरेको हो।
मङ्गलबार राति अभिषेक र टल्केबीच भेट भएको थियो। अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्याएपछि टल्केले पनि गाँजा खान मागेको थियो। गाँजा दिन्न भनेपछि उनले घरबाट बन्चरो ल्याएर प्रहार गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख मुकुन्द रिजालले जानकारी दिए। यो समचार अन्नपूर्ण पोष्टमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE