प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन
१७ कात्तिक, काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले पहिलो चरणको प्रदर्शन रोकेको छ। तिहारपछि थप सशक्त आन्दोलन गर्ने योजनासहित हाललाई प्रदर्शनको कार्यक्रम बन्द गरिएको हो।
नेपाल बार एसोसिएसनले प्रधानान्यायाधीशको राजीनामा माग गर्दै तीन दिन लगातार आन्दोलन गरेको थियो। बारले आज तीन दिने आन्दोलन बन्द गरेको हो।
बारले आउँदो २३ गतेबाट आन्दोलन गर्ने घोषणासमेत गरेको छ। आन्तरिक छलफल चलिरहेपनि दोस्रो चरणको आन्दोलन हुने बारका महासचिव लीलामणी पौडेलले बताए। ‘राजीनामा नै बटमलाइन हो,’ उनले भने।
बारले लगातार धर्ना दिदैं आएको थियो। बारकी उपाध्यक्ष रक्षा बस्यालले न्यायालय सुधारका लागि बार सक्रिय रुपमा लागिपर्ने बताइन्। ‘न्याय शुद्धिकरण जरुरी छ,’ उनले भनिन्, ‘यो बारको कर्तव्य पनि हो।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE