Date
शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

लगानीकर्ता डराउँदा सेयर बजारमा पहिरो, ६३.२८ अंकले घट्यो नेप्से

लगानीकर्ता डराउँदा सेयर बजारमा पहिरो, ६३.२८ अंकले घट्यो नेप्से

६ असार, काठमाडौं– सेयर बजार मापक नेप्से परिसूचकमा आज पहिरो गएको छ ।

साताको पहिलो दिन आइतबार नेप्सेमा ६३ दशमलव २८ अंकको भारी गिरावट आएको हो । भारी गिरावट आएसँगै ३ हजार विन्दू नाघिसकेको बजार लगातार ३ दिनदेखि घट्दै २ हजार ९ सय ५ दशमलव ३२ विन्दूमा आएर रोकिएको छ ।

सुरुवाती केही मिनेटसम्म उकालो लागेको सेयर कारोवार त्यसपछि लगातार ओरोलो झरेको थियो ।

अधिक गिरावटसँगै नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै समूहगत सबइन्डेक्सहरु पनि घटेका छन् ।

नेप्से परिसूचकमा भारी गिरावट आउँदा कारोवार रकममा भने केही सुधार आएको छ । कारोवार रकम आज ११ अर्ब नाघेको छ ।

अधिकांश कम्पनीको सेयरमूल्य घट्दा आज धेरै गुमाउनेहरुमा फाइनान्स र विकास बैंक समूहका लगानीकर्ताहरु रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE