Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

बाराको बरियारपुर बजारमा आगलागी

११ असोज, वीरगञ्ज – बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा आगलागी हुँदा २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

सोमबार बिहान १ः२० बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट उपेन्द्र सहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ३ वटै पसलमा गरी अन्दाजी २ लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE