Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लामो दुरीको यातायात असोज १ देखि खुल्ने, ५० प्रतिशत भाडा बढाइयो

३० भाद्र 

काठमाडौं – सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

यसअघि सोमबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदा मन्त्रीहरुले असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने जानकारी दिएका थिए । तर मन्त्रिपरिषदको निर्णय सुनाउने क्रमममा मन्त्री ज्ञवालीले असोज  १ देखि  नै यातायात सञ्चालन हुने जानकारी दिएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE