Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आरजु राणा बागलुङ क्षेत्र नम्बर २ बाट सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङले उम्मेदवार छनौट प्रक्रिया अगाडि बढाएको छ ।

शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा। आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

बागलुङ क्षेत्र नम्बर २ गठबन्धन हुँदापनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने मागसहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरिएको छ ।

काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा। शान्तराज आचार्य, महाधिवेसन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE