Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रेडपान्डाको छालासहित दुई पक्राउ

रेडपान्डाको छालासहित दुई पक्राउ

२३ असार, काठमाडौं– रेड पान्डाको छाला सहित प्रहरीले कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपलिका–४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कशपका संचालक भारत मोतिहारी केशरीया थाना गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त वर्कशपमा वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचना पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी तथा संघिय प्रहरी ईकाई कार्यालय धनगढी (हाल महेन्द्रनगर कन्चनपुर) समेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वर्कशप तलासी गर्दा रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE