Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

युवाहरूको अभियान-‘नो खोप, नो भोट !’

१३ जेठ, काठमाडौँ – देश कोरोना महामारीले ठप्प छ। संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। अस्पतालले उपचार सेवा धान्न छाडेका छन्। अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ।

सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन्। भोट हाल्न भीडमा जानुपर्छ, त्यसभन्दा पहिला सबैले खोप पाए मात्र त्यो सम्भव छ। ‘खोप ल्याएन भने यो सरकारले भोट पाएन’ भन्ने पनि छन्।

यसै सन्दर्भमा अन्नपूर्ण पोस्ट्ले देशव्यापी जनमत संकलन गरेको छ। त्यसमा सबै सर्वसाधारणको समान धारणा छ, ‘नो खोप, नो भोट।’ अर्थात, खोप नल्याउने भए भोट पनि दिइन्न १ ‘अहिले चुनावभन्दा उपचार प्राथमिकता हो। जनता अस्पतालमा छटपटिरहने तर नेता कुर्चीका लागि लडिरहने प्रवृत्ति राम्रो भएन’, बुटवलकी झरना अर्याल भन्छिन्, ‘चुनाव नै गर्ने हो भने जनता बचाउनुपर्छ।’

जति खोप आयो पहिला फ्रन्टलाइनमा काम गर्नेले पाए। ठीकै छ। त्यसपछि नेताहरू र पहुँचवालामा पुग्यो। ‘सांसद, मन्त्री, नेता सबैले खोप लगाए। तर, हामीजस्ता सर्वसाधारणले पाएकै छैनौं’, पाल्पा तानसेनकी गंगा ठडराई भन्छिन्, ‘मजस्ता लाखौं पीडितको एउटै आवाज हो, नो खोप, नो भोट।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE