Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक भिडियो बनाउने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक भिडियो बनाउने पक्राउ

१० साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगर न.पा. ६ बस्ने सोमप्रसाद घिमिरे रहेको साइबर ब्युरोले जनाएको छ ।

घिमिरेले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाएर टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घिमिरेलाई विद्युतीय कारोवार ऐन, २०६३ कसुरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE