सुनको भाउ ४ सय रुपैयाँले घट्यो
२७ साउन, काठमाडौँ – सुनको भाउ बुधबार ४ सय रुपैयाँले घटेको छ । गएको आइतबार तोलामा १५ सय रुपैयाँ र सोमबार एक हजार रुपैयाँले घटेको सुनको भाउ मगलबार भने दुई सय रुपैयाँले बढेको थियो ।
आज फेरि तोलामा ४ सय रुपैयाँले घटेर ८८ हजार ८ रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE