Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बारुद पड्किँदा दैलेखमा एक दम्पती घाइते

दैलेख – दैलेखको रायण नगरपालिका–६ भुर्तीमा बारुद पड्किँदा एक दम्पती घाइते भएका छन् ।

फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र उहाँकी श्रीमती २२ वर्षीया अञ्जु घाइते भएका प्रहरीले जनाएको छ । माछा मार्ने विस्फोटक पदार्थ बनाउन लाग्दा घरमै बारुद पड्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।

घाइतेलाई दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनास्थलबाट ९० ग्राम बारुद, ५७ वटा सलाईका बट्टा र दुई थान फलामे पाइप सकेट बरामद गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE