Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023

संयुक्त राष्ट्रसंघीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

२५ कार्तिक
काठमाडौँ
– नेपालकी बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित भएकी छिन् । राष्ट्रसंघीय ‘महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सम्झौता’ (सीईडीएडब्लू) समितिमा नेपालको तर्फबाट १३७ भोट ल्याएर विजयी भएकी हुन् । समितिमा यो उनको दोस्रो कार्यकाल हुनेछ ।

यसअघि पनि राणा उक्त संस्थाको सदस्य थिइन् । सन् २०१७ देखि २०२० सम्मको कार्यकालका लागि निर्वाचित भएकी राणाको उक्त कार्यकाल यही ३१ डिसेम्बरमा सकिनेवाला थियो । तर अब १ जनवरी २०२१ देखि दोस्रो कार्यकाल शुरु हुनेछ ।

समितिमा ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो, जसलाई १८९ सदस्य राष्ट्रहरूले मतदान गरेका थिए ।

निर्वाचित भएपछि राणाले फेसबुकमार्फत सबै मतदाता देशलाई धन्यवाद दिएकी छन् । साथै समितिमा आफू अझै प्रतिबद्ध र जिम्मेवार भएर महिलाविरुद्ध हुने सबै विभेदविरुद्ध लागिपर्ने उनले बताएकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE