पुरानो बानेश्वरमा फेला पर्यो शंकास्पद वस्तु
२४ भदौ,काठमाडौैँ-काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रको भवनमा बम राखिएको आशंका गरिएको छ। बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। यद्यपी बम हो वा होइन भन्ने पुष्टि भइनसकेको उनले बताए।
बम भन्दा पनि भ्रम फैलाउन सामान राखिएको हुनसक्छ। नक्कली हो वा सक्कली भन्ने खुलिसकेको छैन, उनले भने, हामी हेर्दैछौं। हामीले त्यो ठाउँलाई सुरक्षित बनाएका छौं।उक्त शंकास्पद बस्तु फाउन्डेसनको तेस्रो तलाको शौचालयमा राखिएको उनले बताए। डिस्पोजलको टोली पनि बोलाइएको छ।
बम भनेर लिखिएको पनि छ। एउटा नम्बरबाट धम्की आएको मेसेजहरू पनि छन्, उनले भने,उनीहरूको पर्सनल कारणले राखिएको जस्तो बुझिएको छ। प्लास्टिकको रातो झोलामा राखिएको छ।
दुई जना व्यक्ति सिसिटिभीमा देखिएका छन्। उनीहरूलाई प्रहरीले ट्र्याक गरिरहेको छ। बम फेला परेको भन्ने खबर आएपछि एसएसपी सिंह घटनास्थल पुगेका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE