Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

तत्काल नयाँ सरकार बन्ने छाँट छैन : प्रचण्ड

१७ वैशाख, काठमाडौँ  – विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताउनु भएको छ । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उहाँले बताउनु भयो ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताउनु भयो  । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने बताउनु भयो  ।

कति दिनमा सरकार बन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन ।’

‘देउवासँग सहमति भएको छैन’

एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई स्पष्ट गर्ने, केही परिमार्जन गर्ने र जरुरी पर्दा चिठी आदान–प्रदान मार्फत संशोधन गर्नुपर्ने पक्षमा आफू रहेको उहाँले बताउनु भयो । ‘यो आइपिएस होइन, यसमा सुरक्षासँग सम्बन्धित होइन भन्ने विषय दस्तावेजमा नै स्पष्ट भयो भने अगाडि बढाउन सकिन्छ भन्ने विषय नेकपा हुँदैको समझदारी हो,’ प्रचण्डले भन्नु भयो, ‘एमसीसीलाई हामीले आउराइट रिजेक्ट ९पूर्णरुपमा अस्वीकार०  कहिले पनि गरेका छैनौं । तर निःशर्त पास गर्ने भन्नेमा म छैन, त्यस्तो सहमति र सम्झौता पनि भएको छैन ।’

त्यसमा के–के स्पष्ट गर्ने, के–के संशोधन गर्ने भन्ने भयो भने र एउटा संकल्प प्रस्ताव भयो भने अगाडि बढाउन सकिने कुरा आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भनेको जानकारी पनि उहाँले दिनु भयो ।

तर, एमसीसी पास गर्नेगरी कांग्रेसको नेतृत्वमा सरकार बनाउन खोजेको भनी सार्वजनिक खबरका सम्बन्धमा प्रचण्डले त्यस्तो केही पनि नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमसीसीमा केही भइसक्यो कि भन्ने जुन चर्चा भएको छ, त्यो होइन ।’

 

 

WRITE COMMENTS FOR THIS ARTICLE