Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सरकार र विप्लव समूहको वार्ता सुरु

१९ फागुन
काठमाडौँ –
सरकार र विप्लव समूहबीच वार्ता शुरू भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर देखि वार्ता भइरहेको हो।

वार्तामा गृहमन्त्री तथा सरकारी वार्ता टोली संयोजक बादल, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ सहभागी हृनु भएको सरकारको प्रवक्ता पार्वत गुरूङले जानकारी दिनु भएको छ ।

मंगलबार दुवै पक्षले वार्ता टोली घोषणा गर्नु भएको थियो । घोषणा भएअनुसार नै विप्लव समूहबाट वार्ता टोलीमा रहेको प्रकाण्ड र दीपक मंगलबार साँझ काठमाडौं आउनु भएको स्रोतले जनाएको छ।

विप्लव समूह झण्डै दुई वर्ष यता प्रतिबन्धित अवस्थामा छ। उहाँले देशको राजनीतिक, आर्थिक र स्वाधीनताको विषयमा छलफल गर्न वार्तामा बसेको स्पष्ट पार्नु भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE