महाभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय
१ फागुन, काठमाडौँ – प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको महासचिव शंकर पोखरेलले बताउनु भयो । उहाँले प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग अनुचित र लोकतन्त्र विरोधी भएको औँल्याउनु भएको छ ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको हो । बैठकले जबरा विरुद्धको महाभियोग प्रस्तावका विरुद्धमा लाग्ने निष्कर्ष निकालेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE