Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

नेकपाको आन्तरिक विवादमा चिनको चासो, विवादकै बीच चिनियाँ राजदूत पुगिन् खनाल निवास

काठमाडौँ—पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट्नुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुग्नु भएको हो । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्नु भएको थियो ।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेनु भएका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई समेत भेट्नु भएको थियो ।
यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उहाँहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको थियो ।
असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेसँगै पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेको छ ।
यसरी नेकपा भित्रको आन्तरिक विवादमा शिर्ष नेताहरुको भेटलाई तिब्रता दिनुमा चिन पनि नेकपाको आन्तरिक विवादमा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको विज्ञहरु बताउछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE