काठमाडौं उपत्यकामा बुधबार ३१ सय ७ जनामा संक्रमण पुष्टि
५ कात्तिक
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र २ हजार ३ जना ९१ संक्रमित थपिएका छन् भने ललितपुरमा ५ सय ४३ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ७३ जना संक्रमित फेला परेका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६२ हजार ६ सय ८१ पुगेको छ । काठमाडौंमा ४७ हजार ८ सय ९८ जना, ललितपुरमा ७ हजार २ सय ६७ , भक्तपुरमा ४ हजार ८ सय ३६ जना संक्रमित थपिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE