Date
मङ्ल, चैत्र १३, २०८०
Tue, March 26, 2024

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता : क्वाटर फाईनलका खेल आजबाट

सिंहराज योन्जन
२७ चैत्र, रामेछाप –
प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेल आजबाट हुने भएको छ ।

दोरम्बा गाउँपालिकाको साझेदारिमा शैलुङ्ग खेलकुद बिकास समितिको आयोजनामा दोरम्बामा संचालन भई रहेको प्रथम दोरम्बा सहिद स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको आजबाट हुने क्वाटर फाईनलको खेलहरुमा ४ टिम भिड्दै छन् ।

क्वाटर फाइनल खेलमा शैलुङ खेलकुद बिकास समिती र दिपशिखा ब्वाईज युबा क्लब मन्थली, आर्गानिक भिलेज नागी र युबा तथा खेलकुद बिकास समिति डडुवा, सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुर र सुनापती खेलकुद बिकास समिति, सानो शैलुङश्वरी समाज सुधार युबा क्लब (गौस्वारा) र लालीगुराँस युबा क्लब लखनपुर खेल्ने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE