भारत सहित चार देशका लागि उडान भर्न अनुमति, नेवानिसहित चार एयरलाइन्सले उडान भर्ने
भारत सहित चार देशका लागि उडान भर्न अनुमति, नेवानिसहित चार एयरलाइन्सले उडान भर्ने
१८ जेठ, काठमाडौं– सरकारले भारतमा दुई र अन्य तीन मुलुकका लागि हप्ताको एक उडान गर्न स्वीकृति दिएको छ ।
सरकारले दिएको स्विकृतिसँगै नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति पाएका हुन्।
स्वीकृत पाएसँगै उडान भर्न पाउनेमा नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् ।
उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका पनि स्वीकृत गरिसकेको छ ।
अनुमति पाएका मध्ये टर्कीस एयरलाइन्सले ३ जुनबाट साताको एक दिनका लागि उडान गर्न पाउने छ । यो उडान हरेक बिहीबार हुनेछ ।
यस्तै नेपाल वायुसेवाले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ भने दोहाका लागि कतार एयरवेजले पनि एक उडानका लागि स्वीकृती पाएको छ । तालिका अनुसार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले हरेक सोमबार उडान गर्नेछन् । यी दुई कम्पनीले जुन ७ देखि उडान भर्न सक्नेछन् ।
त्यस्तै भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।
एक साता अगाडि नेपालले अन्य तीन मुलुकमा उडान खोल्ने निर्णय गरेको थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE