भुटानले नेपाललाई ३ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने
भुटानले नेपाललाई ३ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने
१७ साउन, काठमाडौं– भुटानले नेपाललाई कोरोना भाइरसविरुद्ध अक्सफोर्ड अस्ट्राजेनेका कम्पनीको ३ लाख डोज खोप सहयोग उपलब्ध गराउने भएको छ।
भुटानले आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहने खोप नेपाललाई सहयोगस्वरुप दिने भएको हो।
ती खोप चाँडै ल्याउनेगरी कूटनीतिक पहल भइरहेको सरकारी स्रोतले जनाएको छ।
यस विषयमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो।
भुटानले कोभ्याक्सअन्तर्गत अमेरिकाले ५ लाख डोज मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका कम्पनीका खोप पाएको थियो । भुटानमा क्रोएसिया, बुल्गेरियालगायत अन्य देशबाट पनि अस्ट्राजेनेकाकै १ लाख र सिनोफार्मका ५० हजार डोज खोप ल्याइएका थिए।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा खोप बाँकी रहने देखिएपछि नेपाललाई अस्ट्राजेनेका कम्पनीका खोप सहयोग गर्न लागेको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE