Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

यूरोकप फुटबलका खेलमा सट्टेबाजी खेलाएको आरोपमा पाँच पक्राउ

यूरोकप फुटबलका खेलमा सट्टेबाजी खेलाएको आरोपमा पाँच पक्राउ

२७ असार, काठमाडौं– हाल जारी यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

प्रहरीले ललितपुरका विभिन्न स्थानबाट सट्टेबाजी खेलाउने ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका–२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका–११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका–१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका–१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।

उनीहरुले युरो कप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गरेको सुूचना पाउनासाथ खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE