प्रधानमन्त्री ओलीको विदाई सम्बोधनः जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश देउवाजीको पक्षमा गयो
प्रधानमन्त्री ओलीको विदाई सम्बोधनः जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश देउवाजीको पक्षमा गयो
२९ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको परमादेशका कारण आफू प्रधानमन्त्री पदबाट बिदा हुनु परेको बताएका छन् ।
प्रधानमन्त्री निवासबाट विदाई हुनुपूर्व मंगलबार राष्ट्रका नाममा विदाई सम्बोधन गर्दै ओलीले जनादेश आफ्नो पक्षमा भएपनि अदालतले जारी गरेको परमादेशका कारण देउवा प्रधानमन्त्रीमा पुगेको उनको दाबी थियो ।
यो जनादेशमात्र अन्तिम नरहेकोले यो अन्तिम विदाइ नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘जनताको जनादेशले नभइ अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु । जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश देउवाजीको पक्षमा गयो।’
उनले आफूले राम्रा काम गरेकाले जनताले आफ्नो नेतृत्वमा जनताले विकास र राहतको महसुस गरेकोले चिन्ता नहुने बताए ।
सम्बोधनका क्रममा उनले भने, ‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले जनताले विकास र राहत महसुश गरेका छन् । त्यसैले मलाई चिन्ता छैन।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE