विप्लवका दाजु ‘विरजंग’ धरौटीमा छुटे
१७ बैशाख, काठमाडौँ – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द (विरजंग) शुक्रबार पश्चिम नवलपरासी जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।
नवलपरासीको बर्दघाटस्थित धनेवामा रहेको एनसेल टावरमा बम विष्फोट गरेको आरोपमा उनलाई रुपन्देहीबाट २०७७ असोज २१ गते नवलपरासीबाट पक्राउ गरि ल्याइएको थियो ।
त्यतिबेला नै अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको भएपनि धराैटी रकम नबुझाएका कारण थुनामा रहेका थिए ।
स्वास्थ्यमा समस्या आएपछि चन्द्रबहादुरलाई नवलपरासीबाट असोज २८ गते चितवन अस्पताल पठाइएको थियो । चितवनबाट शुक्रबार नवलपरासी ल्याइएका उनले २५ हजार धरौटी बुझाएपछि अदालतले छाडेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE