Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

गाडी तोडफोड गरेको आरोपमा २ जना पक्राउ

२९ जेठ, काठमाडौँ – दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । लमही नगरपालिका ५ का २६ वर्षका रोशन भेटवाल र वडा नम्बर ६ का २७ वर्षका सुदन केसी पक्राउ परेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका भेटवाल र केसीले जाँड रक्सीको नसामा तोडफोड गरेको बताएका पनि प्रहरी निरीक्षक पौडेलले बताउनुभएको छ । लमहीका विभिन्न ठाउँमा गरी ८ वटा गाडी तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE