Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भदौ २९ गते दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित्

२७ भदौ, काठमाडौँ – भदौ १९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित् भएको छ । आजको बैठक सुरु हुनासाथ नेकपा ९एमाले० का सांसदहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

सुरुमै एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो बैठक १५ मिनेटको लागि स्थगित् गर्नुभएको थियो।

दोस्रो बैठक पनि सुरु हुनासाथ एमालेले अवरोध कायम गरेपछि सभामुखले बैठक स्थगित् भएको र अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्ने सुचना सुनाउनु भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE