अब हामी सँग कुनै बिकल्प छैन, भोकै अर्काको देशमा मर्न बाट बचाउन हाम्रो गुहार
कम्पनी यत्राे महिन सम्म नेपाल सरकारले आफ्न नागरिकको वास्ता नगर्नुमा हाम्रो गल्ती नभएको भन्दै पन्छीन खोज्दै
हामी दुबाइ को “ट्रान्सगार्ड ग्रुप एल एल सी“ भन्ने सप्लाइ कम्पनी मा छौ । यो कम्पनी मा काम गर्ने नेपाली मात्र एउटा क्याम्प मा करिब २ हाजर भन्दा बढी छन् । यहाँका सबै क्यम्प मा गरेर झन्डै १० हजार भन्दा बढी नेपाली मात्र छन् । ती मध्ये धेरैजसो गत चार महिन देखी काम विहिन छन् । कम्पनीले बिहन र बेलुका दुई छाक खान दिएर अहिले सम्म कम्पनीको क्याम्पमा राखेको थियो । तर अब कम्पनीले यसरी दिदै आएको खान र बस्न पनि दिन नसक्ने जनाएको छ । अन्य देशका कामदारहरुलाई त्यहाँको सरकारले आफ्नो आफ्नो देश लगिसकेको छ । कम्पनीले केही दिनका लागि हामीले सहयोग गरेको हो यसरी महिनौ सम्म खर्च व्यहोर्न नसक्ने जनाएको छ । कम्पनी यत्राे महिन सम्म नेपाल सरकारले आफ्ना नागरिकको वास्ता नगर्नुमा हाम्रो गल्ती नभएको भन्दै पन्छीन खोज्दै छ ।
कम्पनी को भनाइ अनुसार अन्य मुलुकका नागरिक हरुलाई कोहीले उनीहरुमो आफ्नै चार्टर्ड फ्लाइट गरेर त कोहीले नियमित फ्लाइटमा लगिसकेको छ तर नेपाली नागरिकहरुकालागि त्यहाँको सरकारले अहिले सम्म कुनै व्यवस्था गर्न सकेन ।
नेपालमा रेस्क्यु फ्लाइट भनेर ४ महिनमा सुरु गरेपनि प्रभावकारी ढंगले गर्न सकेको छैन भने धेरैले दुतावसले खुल्ला गरेको फारम समेत भरेका छैनन् । धेरैको नाम दुतावासको रेस्क्यु लिस्ट छैन् । धेरै कामदारहरुले उनिहरुको नाम कम्पनीले नै दुतावासमा पठाउछ भन्ने भ्रमको भरमा फारम नै नभरेको र कतिपय लाई फारम भर्ने जानकारी नै नभएको अवस्था छ ।
अझ अर्को कुरा यहाँ अधिकांस कामदार पढ्नलेख्न नसक्ने पनि छन् । क्लिनर, कन्स्ट्रक्सन जस्तो क्षेत्रमा काम गर्ने कतिपयलाई आफ्नै गोजिमा भएको मोबाइल चलाउन सम्म आउदैन । त्यस्ता कामदारहरुले कसरी दुतावासको अनलाइन फारम भरोस ? यस्ता विभिन्न कारणले कतिपयले अनलाइन फारम भरेका छैनन् । अनलाइन फारम भरेकोहरु मध्ये बाट जम्मा जम्मी ५० ६० जनाको मात्र नाम लिस्टमा छ । अब के बाकी अलपत्र परेकोहरु घर जान नपाउने त ?
यहाँ कम्पनीले भन्छ, कम्पनीले आफै फ्लाइट चार्टर गरेर पठाउन तयार छ तर दुतावास सँग कुरा गर्दा त्यस्तो अनुमती नभएको भन्छ । उता नेपाल सरकारले पनि आफ्न नागरिक स्वदेश फर्काउन उदासीन देखीन्छ । यो अवस्थामा यहाँ रहेका कम्पनीहरुलेन त फ्लाइट चार्टर गरेर पठाउन नै सक्छ न त ती बन्द भएको कम्पनीहरुले आब खान बस्नको व्यवस्था नै गर्न सक्छन् । यहाँका ठुला कम्पनीहरुलाई उनिहरुको आफै फ्लाइट चार्टर गरेर पठाउन दिने हो भने अलपत्र पर्ने धेरैको उद्घार हुनेछ । हैन भने धेरै नेपाली कामदार यहाँ भोकै मर्ने स्थिती आउने निश्चित देखीन्छ ।
दुबाइको “ट्रान्सगार्ड ग्रुप एल एल सी“ बाट हामी नेपाली नागरिक
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE