चिठ्ठा परेको भन्दै ठगी गर्ने युवक गोबरमा लुकाएको पैसा सहित पक्राउ
२६ माघ
काठमाडौँ-चिठ्ठा परेको भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । झपाको अर्जुनधारा नगरपालिका ९ का २९ वर्षीय पंकज पौडेली बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनले अनलाइनबाट चिठ्ठा परेको भनेर सामान र पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । विभिन्न बैंकको खाता नम्बर दिएर उनले पैसा ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले पंकजलाई पक्राउ गरेको हो । उनको साथबाट ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ नगद र विभिन्न व्यक्तिसँग सम्बन्धित कागजात फेला परेको छ । उनको घरबाट २ लाख ८ हजार २ सय नगद फेला परेको छ । त्यस्तै, उनको घर पछाडिको गाई गोठको गोबरको थुप्रोभित्र एउटा लेडिज ब्याग फेला परेको छ ।
सोही झोलाबाट ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE