Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

४ भेन्टिलेटर, १० आइसीयू बेड निर्माणका लागि बजेट निकासा

९ भाद्र

काठमाडौँ सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस (कोभिड१९)को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २२ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माण गर्नका लागि २२ करोड बजेट निकासा गरेको जनाएको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिनुभयो ।

ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको प्रदेश २ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि पोखरेलले बताउनुभयो । उहाँले कोरोना संक्रमण तीव्र भएको प्रदेश २ मा २३ जना चिकित्सक पठाएको र ११ जना नारायणी उपक्षेत्रीय अस्पतालमा गइसकेको जानकारी दिनुभयो । त्यस्तै गौर अस्पताल र जनपुरमा पनि आजभोलिमा चिकित्सक जाने बताउनुभयो ।

पोखरेलले काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले मुलुकभर एक हजार ७५ टीम पठाइएको र संक्रमण बढी भएका ठाउँमा ट्रेसिङ गर्ने टीम थपिँदै जाने जनाकारी दिनुभयो ।

आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ काठमाडौं उपत्यकामा मात्रै गरिन लागेको पोखरेलले उल्लेख गर्नुभयो । काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेड बनाउने तयारी भइरहेको पनि उहाँको भनाइ थियो ।

आइसोलेसन सेन्टरको प्रदेश सरकारको जिम्मामा दिइएको र होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पताल आइसोलेसन निर्माण भइरहेहो उहाँको भनाइ छ । लक्षण नभएकालाई होम आइसोलेसनमा राखिने, होम आइसोलेसनमा बस्न नसक्नेलाई संस्थागत आइसोलेसनमा राखिने र त्यहाँ लक्षण देखिएमा अस्पताल लैजाने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE