Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अर्थमन्त्री शर्मालाई कर्मचारीले टेरेनन्

३० भदौ, काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले २८ साउनमा आन्तरिक राजस्व विभागका कर्मचारीसँग बिफ्रिङ लिने क्रममा आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना माग गर्नुभएको थियो। उहाँले  राजस्व संकलनको अहिलेकै अवस्थाबाट देश विकास सम्भव नभएको भन्दै यसलाई दोब्बर बनाउने गरी कार्यायोजना पेश गर्न भन्नुभएको थियो । तर, उहाँको निर्देशनलाई विभागकै कर्मचारीले नटेरेको स्वयं अर्थमन्त्री शर्माको अभिव्यक्तिले बताउँछ ।

मंगलबार विभागको दुई दिने व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले  ‘यो मैले जानीजानी भनेको हो, भाषण गर्नलाई भनेको होइन् । मैले योजना मागेको हुँ, त्यो योजना अहिलेसम्म आएन ।’ अर्थमन्त्रीको सचिवालयका अनुसार कर्मचारीले नटेरेकोप्रति अर्थमन्त्री शर्माले चित्त दुखाउनुभएको छ ।

मुलुकको आन्तरिक राजश्व दोब्बर गर्न सकिने सम्भावना रहेको भन्दै मन्त्री शर्माले त्यसको योजना पेश गर्न विभागलाई पुनः ताकेता समेत गर्नुभएको छ। अर्थ मन्त्रीको सचिवालयका अनुसार आन्तरिक राजस्व विभागले यस्तो कार्ययोजना प्रस्तुत गरेको छैन । सोहीकारण अर्थमन्त्री शर्माले कार्ययोजना ल्याउन पुनः ताकेता गर्नुभएको हो । अर्थमन्त्रीले चलिराछ, यस्तै चल्छ भन्ने कुरा आफूलाई मान्य नहुने भन्दै राजस्व संकलन बढाउने उपाय खोज्ने कर्मचारी प्रशासनलाई भन्नुभएको थियो ।

त्यसका लागि अर्थमन्त्रीको हैसियतमा गर्न सक्ने जनशक्ति, प्रविधि र तालिमको सेवा सरकारले दिने उहाँले बतायनुभएको थियो । उहाँले करदाता आफैं उत्साहित भएर कर तिर्न सक्ने वातावरण बनाउन समेत एक महिना अगाडि निर्देशन दिनुभएको थियो ।

अर्थमन्त्रीले मंगलबार भने राजनीतिक परिवर्तन कर्मचारीको इच्छा अनुसार नहुने भन्दै जो नेतृत्वमा आएपनि आफ्नो जिम्मेवारीमा खट्न निर्देशन दिनुभयो ।  मन्त्रिको निर्देशनपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले सरकारको मार्गदर्शन, मन्त्री र सचिवको निर्देशनहरुको अक्षरसः पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE