Date
शनि, असार ५, २०७८
Sat, June 19, 2021

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउनुभएको छ । सोमबार प्रतिनिधिसभा भएको विश्वासको मतको पक्षमा उहाँले ९३ पाउनुभएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २ सय ७१ सदस्यको बहुमत अर्थात् १ सय ३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १ सय २४ मत खसेको छ ।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २ सय ३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे ।

बहुमतप्राप्त नगरेकाले विश्वासको मत गुमाएको सभामुख अग्नि सापकोटाले बताए । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE