काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ७२ संक्रमित फेला
२४ असोज
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७२ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र २ हजार १ सय जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय ६९ जना संक्रमित देखिएका छन्, भने भक्तपुरमा २ सय ३ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ३ सय ६९ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४० हजार २ सय ४४ पुगेको छ । यसमध्ये काठमाडौमा २२ हजार १ सय १८, ललितपुरमा ४ हजार २ सय ८५ जना र भक्तपुरमा ३ हजार २ सय ७२ जना संक्रमित छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE