Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

अनुमति नलिई शाखा कार्यलय सञ्चालन गर्ने मेनपावरमा शील

२६ फगुन
काठमाडौँ – वैदेशिक रोजगार विभागले प्रदेश नं. १ मा अनुगमन थालेको छ । अनुगमनका क्रममा अनुमति नलिई शाखा सञ्चालन गरेको भेटिए पछि झापाको दमकमा शाखा कार्यालयका नाममा चलाइएको लायन्स ईन्टरनेशनल ९लाइसेन्स नम्वर ३४०० को कार्यालय शील गरेको छ ।

प्रदेश नं. १ बाट वैदेशिक रोजगारमा जानेहरुको अन्यको भन्दा ठूलो छ । सन् २०१९ मा यस प्रदेशबाट सवैभन्दा धेरै वैदेशिक रोजगारमा गएको देखिन्छ । प्रदेश नं १ का सुनसरीको ईटहरी, झापाको विर्तामोड तथा दमकमा ठूलो संख्यामा वैदेशिक रोजगार सम्वन्धि काम गर्ने संस्थाहरुका कार्यालयहरु सञ्चालनमा छन् । काठमाडौँबाट विभागको अनुगमन टोली पुगेको सुईंको पाएपछि भनें अहिले त्यहाँको चहलपहल निकै कम गरिएको छ ।

विभागका शाखा अधिकृत रामप्रसाद पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले विर्तामोडमा गरिएको अनुगमनका क्रममा मिमोसा ओभरसिजले पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिंदै गरेको पनि फेला परेको थियो । विभागको पूर्वस्विकृति विना नै अन्तर्वार्ता लिने सो मेनपावर कम्पनीको शाखा कार्यालयमा पनि अनुगमन टोलीले शील गरेको छ ।

अनुगमन टोलीमा संलग्न शाखा अधिकृत मात्रिका सापकोटाका अनुसार विभागको टोली अएको थाहा पाउनासाथ अवैधानिक रुपमा शाखा कार्यालय खोलेर बसेकाहरु तथा अवैधानिक रुपमा काम गर्दै आएकाहरुको भागाभाग भएको छ ।

मेनपावर कम्पनीहरुले शाखा कार्यालय खोल्न वैदेशिक रोजगार विभागबाट अनिवार्य रुपमा अनुमति लिएको हुनु पर्दछ । हाल विभागमा २७ वटा मेनपावर कम्पनीहरुले विभिन्न शहरुहरुमा ४४ वटा शाखा कार्यालयहरु खोल्न अनुमति लिएका छन् । वैदेशिक रोजगारमा एजेण्ट सम्वन्धि व्यवस्था गत २०७५ सालमा नै खारेज गरिएको भएपनि हालसम्म विभिन्न मेनपावर कम्पनीका शाखा कार्यालयहरुको नाममा वा अवैधानिक रुपमा व्यक्तिगत काम गर्ने क्रम भनें जारी छ । सो कार्यलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले समय समयमा आकस्मिक अनुगमन गर्दै आएको छ । अझै पनि गैरकानुनी शाखा कार्यालयहरु वा एजेण्टकै रुपमा काम गर्नेहरुले त्यसलाई जारी राखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: