Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023

नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२ को आवेदन आह्वान

१२ बैशाख, काठमाडौँ -सन् २०२२ को लागि संचालन गरिने नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जनकारी दिनुभयो । जस अन्तर्गत कक्षा ८ देखी १० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११ देखी १२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्।

ओलम्पियाडको पहिलो चरण तथा छनौट परिक्षा प्रादेशिक चरणको रुपमा आगामी ७ मे २०२२ अर्थात बैशाख २४, २०७९ शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ। ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका संयोजकलाई बुझाउन सक्ने अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण अर्थात राष्ट्रिय चरणमा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ। तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुका लागि सिफारिस गरिनेछ।

कार्यक्रमको आवेदन फारम तथा सम्बन्धि सम्पूर्ण जानकारीका लागिा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न र नेपाल एष्ट्रोनोमिकल सोसाईटीको वेभसाईटमा हेर्न सकिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE