कर्णालीमा कोरोना डिस्चार्ज हुनेको संख्या बढ्यो
१३ जेठ, काठमाडौँ – पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ सय २३ जनाले कोरोना जितेर डिस्चार्ज भएको हो । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ ।
आज थप २ सय ५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा गरिएको पीसिआर परीक्षणबाट ८७ जना र ५ सय ५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९ सय ८ जनामा पीसिआर र २१ हजार २ ९६ जनालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
पीसिआर विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय १९ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या २१ हजार २ सय ९६ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ९ जनाले कोरोना जितिसकेका छन् । हाल आइसोलेशनमा ६ हजार १ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानका चार र सुर्खेतका एकजना रहेका छन् । योसँगै मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE