Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

आज १० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौं आइपुग्यो

आज १० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौं आइपुग्यो

७ साउन, काठमाडौं– चीनबाट आज (बिहीबार) १० लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सी ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ ।

यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE