ललितपुरमा आज राति १० बजेसम्म कर्फ्यु जारी, आदेश उल्लंघन गरे गोली समेत हान्न सक्ने
१८, भदौ
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यो आदेश जारी भएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्युआदेश जारी भएको जानकारी दिनुभयो । जारी आदेश उल्लंघन गरेर घरबाट बाहिर निस्केमा वा अन्यकाम गरेका सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने भट्टले बताउनुभयो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE