अमेरिकाका पूर्वराष्ट्रपति बुसको निधन
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएको छ । अमेरिकाका पूर्वराष्ट्रपति रहेका उनका छोरा जर्ज डब्लु बुसले विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका छन्। उनको ९४ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाका ४१औं राष्ट्रपतिको रुपमा बुसले सन् १९८९ देखि सन् १९९३ सम्म शासन गरेका थिए ।
तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शित युद्ध अन्त्य गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो । उनका छोरा जर्ज डब्लु बुस अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए । एजेन्सीबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE