Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नदीमा नुहाउन गएका दुईको डुबेर मृत्यु

९ कात्तिक
काठमाडौँ – नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । कैलालीकाे घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE