स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्याइयो
१५ जेठ, काठमाडौँ – सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशतले बढाएर १२ हजार रुपैयाँ पुर्याइएको बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र०७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE